१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नेपाल १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा



काठमाडौं, २ पुष ।
नेपाल १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमा अलआउट भएपछि नेपाल ७२ रनले विजयी भएको हो ।
मलेसियालाई सस्तैमा सिमित गर्न सूर्य तामाङले ४ तथा प्रतिष जिसीले ३ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको हो । नेपालले अब फाइनलमा सिंगापुरसँग खेल्नेछ ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  १२ : ३६ बजे