१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

नेपाललाई एसिसी पूर्वीक्षेत्रीय क्रिकेटको उपाधि



काठमाडौं, २ पुस ।
नेपालले १६ वर्षमुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । थाइल्याण्डमा आज भएको फाइनलमा सिंगापुरलाई ७१ रनले हराउँदै नेपालले उपाधि उचालेको हो । नेपालले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय १२ रन मात्रै बनायो ।
यसअघि पहिले व्याटिङ गरेको नेपालले निर्धा्रित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनाएको थियो । विस्फोटक ब्याटिङ गरेका जोशीले ५ चौका र १ छक्का हानेका थिए । यस्तै सुवास ऐर २२, तृतराज दास १९ तथा सुनिल भण्डारी १५ रनमा आउट भए ।

प्रकाशित मिति : २ पुस २०७४ आइतबार ००:००  २ : ०३ बजे