१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

सुरजले हजारौँ दर्शकलाई भावुक बनाए



दीपा महत, कपिलवस्तु, पुस ।
एपिवान टेलिभिजन मार्फत प्रस्तुत हुने नेपाल आइडलको पर्दामा देख्दै आएका गायक सुरज थापालाई कपिलवस्तुबासीले शनिबार प्रत्यक्ष देखे । कपिलवस्तुको जीतपुर चारनम्बरमा जारी नवौं कपिलवस्तु महोत्सवमा शनिबार उनको विशेष प्रस्तुती थियो । सुरज कपिलवस्तु आउने थाहा पाएपछि कपिलवस्तु संगै अर्घाखाँची र रुपन्देही सम्मका उनलाई माया गर्ने दर्शक महोत्सव अवलोकनका लागि आएका थिए । मंसिर २३ गते देखि जारी महोत्सवमा सबैभन्दा बढी दर्शक शनिबार आएको आयोजक संस्था बाणगंगा वेल्फेयर सोसाइटीले जनाएको छ । शनिबार मात्र ४० हजारको टिकट विक्री भएको थियो ।
हजारौ दर्शक माझ मुसुँक्क मुस्कान छाड्दै स्टेज चडेका गायक सुरजले हजारौ दर्शकको ताली पाए । शिरमा ढाका टोपि संगै दोरा सुरुवालको भेषमा उपस्थित भएका सुरजले शुरुवात मै “आमाले सोध्लिन खै छोरा भन्लिन” भन्ने बोलको गीत गाएका थिए । सारङ्गीको साथ स्टेज चडेका उनले यहि गीत मार्फत हजारौ दर्शकलाई भावुक बनाए । नेपाल आइडलमा प्रतिस्पर्धा गर्दै गर्दा सोहि गीत प्रस्तुत गरे पछि कलाकारीताको शिखर उनको हात्तै बढेको थियो । लोक गायक स्व. झलकमान गन्धर्वको स्वरमा सजिएको यो गीत गायक सुरज थापाले महोत्सवमा आफ्नै मुखार विन्दुबाट प्रस्तुत गरेका हुन । पछि उनले विभिन्न म्युजिक ट्राय्क मार्फत विभिन्न गीत प्रस्तुत गरेका थिए । उनले आफ्नो प्रस्तुतीभर आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत गाएर थिए ।
सोही कार्यक्रममा लोक तथा दोहोरी गायक बद्री पङ्गेनीले पनि आफ्नो प्रस्तुती देखाएका थिए । जनताको विच जनगायक रुपमा ख्याती प्राप्त गरेका उनले आधा दर्जन गीत प्रस्तुत गरे । मायाप्रेममा आधारित गीत मार्फत स्टेज तताएका उनले गतबर्ष मात्रै बजारमा आएको पञ्चेवाजामा आधारित “आमाले टपरी गासेको किन हो” नामक एल्वमको गीतमा दर्शकलाई झमझमि नचाए । साथै उनले “हाँसी हाँसी जिउला”, “रातो पछ्यौरी” गायतका आधा दर्जन गीत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७४ सोमबार ००:००  २ : ४४ बजे