७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

इपिएलमा पोखरा विजयी



काठमाडौँ, ४ पुस ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजले चितवन टाइगर्सलाई पराजित गरेको छ । कीर्तिपुर स्थित त्रिवि अन्तर्रा्ष्ट्रिय खेल मैदानमा आज भएको खेलमा पोखराले चितवनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो ।
पोखराको जितमा पाकिस्तानी खेलाडी इस्रारुल्लाहले सर्वा्धिक ६१ रनको योगदान दिए । उनले ५२ बल खेल्दै ६ छक्का र एक चौका हाने । सुनिल धमलाले अविजित ४६ रन जोडे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको चितवनले निर्धा्रित २० ओभरमा आठ विकेट गुमाएर ११३ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १७.२ ओभरमा लक्ष्य पूरा ग¥यो । चितवनका लागि दीपेन्द्रसिंह ऐरीले सर्वा्धिक ४२ तथा अनिल मण्डलले ३२ रन बनाए ।
बलिङतर्फ पोखराका इस्रारुल्लाहले चार तथा ताज वालीले तीन विकेट लिए भने कप्तान शक्ति गौचन र विक्रम सोबले एक÷एक विकेट लिए । (रासस)

प्रकाशित मिति : ४ पुस २०७४ मंगलबार ००:००  ११ : २४ बजे