२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

निर्वाचन परिणामबाट विचलित छैन – उपाध्याय



कपिलवस्तु, ७ पुस ।
नेपाली कांग्रेसका केन्द्रिय नेता दीपकुमार उपाध्यायले निर्वाचनमा जीत र हार स्वभाविक प्रक्रिया भएकोले आफु कति पनि विचलित नभएको बताउनुभएको छ । नेपाली कांग्रेस वडा नम्बर १ ले विहिबार बैरियामा राखेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समिक्षा कार्यक्रममा बोल्दै नेता उपाध्यायले निर्वाचनमा आफु पराजीत भएपनि सधै जनताको विचमा रहेको जिकिर गर्नुभएको छ ।
कांग्रेस कार्यकर्ता सामु उपस्थित उपाध्यायले लोकतन्त्रमा जीत र हारलाई स्वभाविक लिनुपर्ने बताउनुभयो । आफुले सम्मान जनक मत पाएको भन्दै आगामी दिनमा कांग्रेसलाई झन बलियो पार्दै लैजाने उद्घोष गर्नुभएको छ ।
कांग्रेस वडा समिति सभापति मनिराम शर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार पुरन थारु, कांग्रेस जिल्ला सदस्य लोकनाथ शर्मा, परमेश्वर पाठक, रवि काफ्ले, क्षेत्रीय सभापति अब्दुल मन्नान खाँ, वाणगंगा नगर सभापति विष्णु थापा, जिल्ला समन्वय समिति कपिलवस्तुकी उपसभापति तारावती चौधरी लगायतले बोल्नुभएको थियो । वडा समिति सचिव झलक मल्लको सञ्चालनमा भएको कार्यक्रमको स्वागत मन्तव्य कांग्रेस युवा नेता डोलकराम घिमिरेले राख्नुभएको थियो ।

प्रकाशित मिति : ७ पुस २०७४ शुक्रबार ००:००  ३ : ५६ बजे