१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

इपिएल क्रिकेट – फाइनलमा आज विराटनगर र भैरहवा भिड्दै



काठमाडौँ, १५ पुस ।
सर्वा्धिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो संस्करणको अन्तिमचरणको खेल आज हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच हुने सो खेल हुँदै छ ।

विजेता टोलीले २१ लाख प्राप्त गर्नेछ्, जुन नेपाली क्रिकेट इतिहासमा नै सर्वा्धिक पुरस्कार राशि हो । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा २० लाख पुरस्कार राशि थियो ।

बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । यता विराटनगर भने जारी प्रतियोगिताको एक्लो अपराजित टोली हो । त्यस्तै भैरहवाले पनि विराटनगरबाहेक अरु सबै खेलमा जित हात पारेको छ ।

विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो । अब फाइनल खेलमा भैरहवालाई विराटनगरसँग हारको बदला लिने अवसर समेत हुनेछ ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १२ : ३६ बजे