७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नवलपरासीको होमस्टे लोकप्रिय बन्दै



नवलपरासी, १५ पुस ।
नवलपरासी (बर्दघाट सुस्ता) पूर्वको अग्यौलीमा रहेका होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागि लोकप्रिय बन्दै गएका छन् ।
बोटे र थारु समुदायका बासिन्दा मिलेर सञ्चालनमा ल्याइएका होमस्टेमा आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ ।

पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको अग्यौलीको अमलटारी गाउँलाई पर्यटकको केन्द्रबिन्दु बनाई चार वर्षअघि होमस्टे सञ्चालन गरिएको हो । त्यहाँका २० घरमा होमस्टेको व्यवस्था गरिएको छ ।

होमस्टे सञ्चालक धनमायाँ महतो होमस्टेमा एक पटकमा ४० वटा कोठामा ८० जना पाहुनाको व्यवस्थापन गर्न सकिने बताउनुहुन्छ । उनीहरुलाई नारायणी नदीमा डुङ्गामा यात्रा गर्ने व्यवस्था समेत मिलाइएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई गाउँगाउँसम्म पु¥याउने, स्थानीय रहनसहन र कला संस्कृितमार्फत आकर्षित गर्नका लागि होमस्टे सञ्चालनमा ल्याइएको महतोले बताउनुभयो । होमस्टेका कारण सो क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । आम्दानीको मुख्य स्रोत होमस्टे बन्नुका साथै पर्यटन व्यवसायमा टेवा पुगेको छ ।

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  ३ : ४८ बजे