४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

इपीएलको उपाधि विराटनगरलाई, भैरहवा एक रनले पराजित



काठमाडौं, १५ पुस ।

भैरहवा ग्लाडिएटर्स माथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।
एकसय ५० रनको विजय लक्ष्यका साथ मैदान उत्रेको शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । ‘म्यान अफ द फाइनल’ विराटनगरका कप्तान पारस खड्का चुनिनुभयो ।

 

प्रकाशित मिति : १५ पुस २०७४ शनिबार ००:००  १२ : ३९ बजे