१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रदेशसभामा यस्तो छ प्रमुख र राजधानी तोक्ने तयारी



काठमाडौं, १६ पुस (कान्तिपुर) ।
सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र राजधानी तोक्ने निर्णय यही साता गर्ने तयारी थालेको छ ।

प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने देखिएकाले यसलाई टुंग्याउने काम अघि बढाएको हो । आजको कान्तिपुरमा यो खबर छ ।

कानुन् न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र स्थायी केन्द्र तोक्ने तयारी भईरहेको बताए ।

प्रदेश प्रमुखलाई बाहिर सडकमा राख्ने कुरा भएन, त्यसैले प्रदेश केन्द्रको घोषणा र प्रदेश प्रमुखको नियुक्ति संगै गर्ने तयारी भईरहेको छ, मन्त्री थापाले भने ।

प्रकाशित मिति : १६ पुस २०७४ आइतबार ००:००  १ : ३७ बजे