२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

प्रवासी नेपाली मंच कोरिया आन्सानको क्षेत्रिय अध्यक्षमा प्रविन



दक्षिण कोरिया, १ जनवरी ।
प्रवासी नेपाली मंच, दक्षिण कोरियाको आन्सान क्षेत्रिय कमिटिको छैठौँ अधिवेशन प्रविन चटौतको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन गर्दै सम्पन्न भएको छ । डिसेम्बर ३१ तारिखमा आन्सानस्थित माइग्रेन्ट सेन्टरको हलमा सम्पन्न अधिवेशनबाट कमिटिको उपाध्यक्षमा विष्णुप्रसाद काफ्ले, ध्रुबकुमार श्रेष्ठ र चिरंजीवी काफ्ले, सचिव दिपेन्द्र श्रेष्ठ, सहसचिव निरज अधिकारी, कोषाध्यक्ष संजोग पौडेल र सदस्यहरूमा अशोक पौडेल, उमेशकुमार बस्नेत, गोकुल भुसाल, रमेश कार्की, युवराज खत्री, प्रवीन आचार्य, इन्द्र खड्का र विजय अर्याल निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित कमिटिका पदाधिकारी तथा सदस्यहरूहरूलाई केन्द्रीय कमिटिका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि लालबहादुर साउदले सपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा सल्लाहकार सुरेन्द्र भण्डारी, केन्द्रीय सदस्य सन्तोष सिग्देल लगायतले शुभकामना तथा अन्य समसामयिक विषयमा मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रवासी नेपाली मंचप्रति आस्थावान आन्सान क्षेत्रका उल्लेख्य नेपालीहरूको सहभागिता रहेको थियो । देशमा हालै सम्पन्न निर्वाचनमा बाम गठबन्धनले भारी बहुमतले जितेपछि देशमा चाँडै समृद्धि हुनेमा कार्यक्रमका सबै सहभागीहरूले आशावादी रहेको प्रतिक्रिया दिएका छन् । अधिवेशनको खुलासस्त्रको अध्यक्षता निवर्तमान अध्यक्ष शिव के.सी. ले गर्नुभएको थियो भने कार्यक्रमको संचालन आन्सान ईन्चार्ज तेजनाथ तिमिल्सिनाले गर्नुभएको बताइएको छ ।

प्रकाशित मिति : १७ पुस २०७४ सोमबार ००:००  १ : ३२ बजे