५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

एमाले समिक्षा : ‘जित्नै पर्ने ठाउँमा किन हार ? “कारण खोजौँ”



मायादेवी अनलाइन, कपिलवस्तु, १८ पुस ।
नेकपा एमाले कपिलवस्तुको सचिवालय बैठकले बामगठबन्धनलाई मतदान गर्ने सम्पूर्ण मतदाता, पार्टीका शुभेच्छुक, शुभचिन्तक सबैमा धन्यवाद ज्ञापन गरेको छ । मदन आश्रित स्मृती भवन तौलिहवामा बसेको बैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पेश गरेको निर्वाचन समिक्षा प्रतिवेदनलाई सुझाव सहित तयार पार्ने निर्णय भएको छ ।
यस्तै बैठकले निर्वाच्नमा विजयी भएका सम्पूर्ण बामगठबन्धनका उम्मेदवारलाई हार्दिक बधाई ज्ञापन गरेको छ । कतिपय जित्नै पर्ने स्थानमा बामगठबन्धनका उम्मेदवार पराजित भएकोमा दुख व्यक्त गर्दै के कति कारणले पराजित हुन पुगे त्यसको समिक्षा गर्ने बैठकले निर्णय गरेको एमाले जिल्ला अध्यक्ष पोख्रेलले जानकारी दिनुभयो ।
साथै बैठकले राष्ट्रियसभा सदस्यको लागि कपिलवस्तुबाट तीन जनाको नाम केन्द्रमा सिफारिस गरेको बताइएको छ । तर कुन कुन नेताको नाम सिफारिस गरियो भन्ने बारेमा बाहिर खुलाइएको छैन । एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा एमाले प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, एमाले नेता टीकाराम अर्याल, विमला घिमिरे, बसन्त खनाल, रामलाल काफ्ले, खुम आचार्य लगायतको उपस्थिती रहेको बताइएको छ । उक्त अवसरमा अन्तराष्ट्रिय नयाँ बर्ष २०१८ को पावन अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई दिदिबहिनीलाई शुभकामना व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७४ मंगलबार ००:००  ४ : ५८ बजे