५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बुटबल औद्योगिक प्रदर्शनीमा २० करोडको कारोबार



बुटवल, १९ पुस ।
बुटलमा सञ्चालित चौधौं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा २० करोड रुपैया बराबरको आर्थिक कारोबार भएको छ । मङ्गलबारसम्म बुटवल मण्डपमा सञ्चालित प्रद्धर्शनीमा ६ लाख दर्शकले अवलोकन गरेको संयोजक दिनेशराज रेग्मीले बताउनुभयो ।

‘संवृद्ध नेपाल निर्माणको आधार स्वदेशी उद्यमशीलताको विकास’ भन्ने मूल नारा सहित रुपन्देही उद्योग संघले पुस ६ गतेदेखि प्रद्धर्शनीको आयोजना गरेको थियो । उपभोक्तालाई स्वदेशी वस्तु, बजार र प्रविधिमा आकर्षण गर्नु प्रद्धर्शनीको मूल उद्धेश्य रहेको थियो ।

प्रद्धर्शनीमा कृषिजन्य, हस्तकला, ठूला औद्योगिक प्रतिष्ठान, वैकल्पिक उर्जा, गार्मेन्ट, खाद्यान्न, सुचना प्रविधि, बैंक तथा कन्सल्टेन्सी, छाला जुत्ता चप्पल, फर्निचर, बेकरी, होटल लगायतका ५ सय स्टल रहेका थिए ।

त्यसमा ४० जिल्लाका उत्पादन सहभागी थिए । प्रद्धर्शनीमा सास्कृतिक कार्यक्रमले पनि धेरैको मन तानेको थियो । समापनका अवसरमा दर्शकहरुको अवलोकन र रुचिका आधारमा प्रविधि, कृषि, महिला उद्यमी, घरेलु, पर्यटन लगायतका छुट्छाछुट्टै विधाबाट सहभागी उद्योगीलाई पुरस्कृत गरिएको थियो ।

 

प्रकाशित मिति : १९ पुस २०७४ बुधबार ००:००  १२ : ४० बजे