४ असार २०८२, बुधबार | Wed Jun 18 2025

पूर्व शिक्षामन्त्री शुक्लाद्धारा दलित विद्यार्थीलाई सोलर प्यानल सहयोग



भैरहवा, १९ पुस ।
पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले दलित विद्यार्थीहरुलाई सोलर बत्ती प्यानल सहयोग गर्नु भएको छ । रुपन्देहीको कोटहीमाई गाउँपालिका–६ स्थित बोगडी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत २२ जना विद्यार्थीलाई मङ्गलबार शुक्लाले उक्त सोलर प्यानल वितरण गर्नु भएको हो ।
साथै उहाले विद्यालयमा रहेको वाइ.फाइ र ९ वटा कम्प्युटर सहितको आधुनिक प्रयोगशालाको पनि उदघाटन गर्नु भयो । गत वर्ष शुक्लाले सोही विद्यालयमा ६ वटा कम्प्युटर सहयोग गरेको विद्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुक्लाले समाजमा रहेका विकृति हटाउन चेतना र ज्ञानको आवश्यक रहेको औल्याल्यनु भयो । उहाले सोलार बत्ती प्यानलको लागि विद्युतको आवश्यक नरहेकोले यसलाई सदुपयोग गरी पढाइमा विशेष ध्यान दिन विद्यार्थीहरुलाई आह्वान गर्नु भयो ।
राष्ट्रिय जनता पार्टीका नेपालका युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) को विशिष्ट आतिथ्यता, विद्यालयका प्रधानाध्यापक राजेन्द्र यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साधुसरण गुप्ता लगायतको आतिथ्यता तथा विद्यालयका सूचना अधिकारी रविकान्त उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ पुस २०७४ बुधबार ००:००  १ : २६ बजे