२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

कांग्रेसले सिक्नुपर्ने पाठ



मायादेवी अनलाइन ।

नेपालको इतिहासमा यति नराम्रो संग पहिलो पटक नेपाली कांग्रेसले सर्वनाक पराजय भोगेकोछ । उसका दर्जनौ हस्ती मानिएका नेताहरु पराजित भएकाछन् ।कांग्रेस सभापति शेरवहादुर देउवालाई एकैसाथ ठुलो झड्का लागेकोछ । कांग्रेसको हारमा कसैलेपनि दुःख मनाउ गरेको छैन । किनभने कांग्रेस आफ्नै जनविरोधी कदमले पराजित भएको हो । विगतमा उसले गरेका कुनैपनि काम उल्लेख्य नभएपछी पराजय भोग्न वाध्य भएको हो । तर हरेकपटक झैं यसपटक पनि चुनाव सकिएसँगै कांग्रेस नेताहरुले सरकार निर्माणका लागि हिसाबकिताब शुरु गरेका छन् । त्यसमा पनि कांग्रेस अझै सत्ता हासिल हुन्छकी भनेर रयाल काढ्न वाध्यछ । उसले आफु रछयानमा फ्याकिएको चाल पाएर सत्ता वाहिर वसेर पार्टीलाई सुधार्ने दिशामा कदम चाल्नु पर्ने हो ।तर माओवादी केन्द्र र एमालेको वामगठबन्धनले प्रत्यक्ष चुनावबाट नै २ तिहाई बहुमत प्राप्त गरेका बेला समेत कांग्रेसले पाठ सिक्न सकेको छैन । राजनीतिमा हरेक सम्भावना खुल्ला हुने भन्दै छिद्र खोजेर सरकार निर्माणको अरु विकल्पका बारेमा पनि कांग्रेसले नचाहिदो बहसहरु शुरु गरेकोछ । सरकारको नेतृत्व लिन काँग्रेसले पनि भित्रभित्रै आफ्नो हिसाबकिताब गरी तारतम्य मिलाउन कोशिस गरेकोछ । प्रतिनिधिसभामा २३ सिट पाएको काँग्रेसले समानुपातिकबाट झण्डै ४० पाउँदा कम्तीमा ६३ सिट हुने देखिन्छ । एमालेले कांग्रेसका तुलनामा डवल सिट पाएर सर्वाधिक ठुलो दल बनेकोछ । यता वाम गठबन्धन टुटाउन सकिन्छ की भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेर सरकार बनाउन सक्ने काँग्रेस नेताले वताउन थालेका छन्। ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरू संस्थागत हुन्छन् । उहाँबाट मात्रै यी उपलब्धिहरू रक्षा हुन सक्छन भन्ने जस्ता शब्द प्रयोग गरेर फकाउन केही मन्त्रीहरु लागि परेकाछन् । यता, भारतले पनि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण नहोस् भनि चाहेको देखिन्छ । वामगठबन्धनलाई भत्काएर माओवादी केन्द्र, काँग्रेस र मधेसवादी दल मिलाएर सरकार गठन गर्ने प्रयासहरु भइरहेको स्रोतको भनाइ छ ।तर यो खेल एकैसाथ भारत र कांग्रेस दुबैले हार्ने निश्चितछ । अवपनि कांग्रेस पुरानै शैली र ढर्रामा चल्ने हो र आफैले आफैलाई नवदल्ने हो भने यसको हालत पनि कांग्रेस आईको जस्तै हुनेमा कुनै द्विविधा राख्नु जरुरी छैन । अव कम्तीमा ५ वर्ष वामगठबन्धनवाट मुलुक कसरी चल्छ भनेर नियाल्नु । पार्टी सुदृढीकरण गर्नु ,जनमुखी स्वभाव विकास गर्नु कांग्रेसका सामु अन्तिम विकल्प हुन। २०१५ सालमा २ तिहाई वहुमत, २०४८ र २०५६मा वहुमत र २०७०को निर्वाचनमा ठुलोद लबनेको कांग्रेस यतिवेला जुन हालतमा पुगेकोछ । यो उसले गंभिर पाठ सिकेर सुधार्नु पर्ने स्थिती हो । हामी कांग्रेस डाइनोसर जस्तै लोप भएको हेर्न चाहान्नौं। उसले आफुलाई सुधारेर पर्खेर र गुमेको जनमत फर्काउन कोसीस गर्नु पर्छ । तर कांग्रेस अझैपनि सत्ताकैलागि रयाल काढेर कुर्सी मोह राख्ने हो भने उसको अव अस्तित्व ५ वर्षपछि पाउन गाह्रो हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ७ : ५२ बजे