८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

केपि ओली भन्छन्, कोमल वलीको पक्षमा राष्ट्रिय सहमति भयो !



काठमाडौं, ११ माघ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा कोमल वलीको पक्षमा असन्तुष्टि नरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओली भने, ‘कोमल वलीको पक्षमा राष्ट्रिय सहमति भएको छ, उहाँ विरुद्ध कांग्रेसले समेत उम्मेदवार उठाएन, बरु मेरोविरुद्ध उम्मेदवारी परेको थियो ।’ एमालेले गायिका कोमल वलीलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ । उनी निर्विरोध निर्वा्चित भइसकेकी छन् ।
उनले एमाले सिंगो पार्टी नै वाम एकताको पक्षमा रहेको बताए । उनले पार्टी एकताको काम समेत अघि बढिरहेको जानकारी दिए। उनले वाम एकता फुटाउन कांग्रेसले जति सुकै षडयन्त्र अपनाए पनि सफल नहुने बताए । एमाले अध्यक्ष ओली नवराज सिलवालको यथार्थ छानविन नयाँ सरकारले गर्ने बताए । उनले सिलवाललाई डीआइजीबाट बढुवा गर्ने समय देखि नै वर्तमान सरकारले निसाना बनाइरहेको बताए । ‘जनताले छानेको सांसद र उनको परिवारलाई आतंकित गर्ने काम भइरहेको छ, त्यो न्यायोचित होइन’ एमाले अध्यक्ष ओलीले भने। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले बैशमा बृद्धाभत्ता खान खोजेको ब्यङ्ग्य गरे।
उनले भने, ‘जेष्ठ नागरिकको उम्मेदवार ७० बाट ६५ बनाएर बैशमा नै उहाँ (देउवा) ले भत्ता खान खोज्नु भएको हो, शेरबहादुर जी त सांसद पनि हुनुहन्छ त त्यहीबाट खान पाइहाल्नु हुन्छ त, किन हतार गर्नु परेको ? अध्यक्ष ओलीले एआइजीको दरबन्दी थप्न गरेको सरकारको प्रस्तावको पनि विरोध गरे। वर्तमान देउवा सरकारले गरेका सबै निर्णयको पुर्न्विचार हुने उनले बताए।

प्रकाशित मिति : ११ माघ २०७४ बिहिबार ००:००  ४ : ०२ बजे