२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

प्रदेशमा बामगठबन्धनले १० प्रतिशत मन्त्री बनाउने



काठमाडौं, १२ माघ ।
वाम गठबन्धनका नेताहरु प्रदेश सरकारमा प्रदेशसभाका सांसदको १० प्रतिशतभन्दा नबढ्ने गरि मन्त्री बनाउन सहमत भएका छन् ।
वाम कार्यदलको बैठकले प्रदेश सरकारमा १० प्रतिशतमात्रै मन्त्री बनाउने सहमति भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । संविधानले प्रदेशमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री बनाउन पाइने व्यवस्था गरे पनि देशभरी मन्त्रीको संख्या धेरै हुने भएकाले १० प्रतिशतमात्रै मन्त्री बनाइने सहमति भएको उहाँले बताउनुभयो ।
प्रदेशका मुख्यमन्त्री र सभामुखको नाम टुंगो लगाउने विषयमा छलफल हुने भनिएपनि बिहीबारको बैठकले नाम टुंगो लगाउन नसकेपछि आउँदो आइतबार बस्ने बैठकले यसबारे टुंगो लगाउने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ माघ २०७४ शुक्रबार ००:००  २ : २७ बजे