२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

कर्मचारी नआउँदा प्रदेश नम्बर ५को सांसद बैठक तोक्न ढिलाई



बुटवल, १३ माघ ।
केन्द्र सरकारले प्रशाशन सम्हाल्न कर्मचारी नपठाउदा प्रदेश नम्बर ५ ले संसदको पहिलो बैठक बोलाउने दिन तोक्न सकेको छैन । मुख्यालय व्यवस्थापनदेखि सचिवालय व्यवस्थापनका लागि आउनु पर्ने कर्मचारी नआउदा प्रदेश प्रमुख उमाकान्त झा अलमलीनुभएको छ । छिमेकी प्रदेशहरुले सांसदको पहिलो बैठक बोलाउने दिन तय गरिसकेका छन् । तर प्रदेश ५ मा मुख्यालय व्यवस्थापनदेखि सचिवालय व्यवस्थापनका लागि आउनु पर्ने कर्मचारी नआउदा दिन तोक्न ढिलाई भएको उहाले बताउनुभयो ।
प्रदेश सरकार नया संरचना भएकाले तत्कालीन अवस्थामा कर्मचारी व्यवस्थापनदेखि भौतिक पुर्वाधार जुटाउन केन्द्रिय सरकारको बाटो हेर्नुपरेको प्रमुख झाले बताउनुभयो । संविधान अनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र संसद बैठक बोलाउनुपर्ने हुन्छ। यसअनुसार माघ २३ गतेभित्र संसद बैठक बसाल्नुपर्छ ।
प्रदेश मुख्यालयमा करिब १८ जना कर्मचारी रहनेछन् । अहिलेसम्म ३ जना मात्रै छन् । प्रदेश मुख्यालयका सचिव सन्तकुमार दवाडीले अन्य १३ जना कर्मचारी पठाउने सुचना थाहा पाएपनि कहिले आउने थाहा नभएको बताउनुभयो । ५ नम्बर प्रदेशको सचिवालय बसपार्क नजिकको बुटवल उद्योग वाणिज्य संघको भवनलाई तोकिएको छ । आइतबार सपथ ग्रहण समारोह पनि यही भएको थियो । तर सपथको ५ दिन बित्दासम्म यहा एक जना कर्मचारी आएका छैनन् । कर्मचारी नहुदा प्रदेशको सचिवालय व्यवस्थापनको कुनै काम हुन सकेको छैन । प्रदेश सचिवालयमा सचिवको नेतृत्वमा करिब २० जना कर्मचारी रहने छन् । उनीहरु कहिले आउने भन्ने समेत प्रदेश मुख्यालयलाई थाहा छैन ।
प्रदेश मुख्यालयका सचिव दवाडीले केन्द्रले सिधै पठाउउने भएकाले थाहा नभएको हुनसक्ने बताउनुभयो । केन्द्र सरकारले कर्मचारी कहिले पठाउने भन्नेबारे जानाकारी नभएकै कारण संसदको पहिलो बैठक बोलाउने दिन तोक्न नसकेको उहाले बताउनुभयो ।

प्रकाशित मिति : १३ माघ २०७४ शनिबार ००:००  २ : ५७ बजे