२२ बैशाख २०८१, शनिबार | Sun May 5 2024

बाम एकता बारे वाईसिएलको यस्तो चेतावनी !



कपिलबस्तु, १३ माघ ।
(एमाले) र माओवादी केन्द्रबीच हुने बामएकता गर्दा १० बर्षे जनयुद्धको मर्म नबिर्सन पार्टी नेतृत्वलाई बाइसिएल नेपाल कपिलबस्तुले आग्रह गरेको छ । माओवादीको गर्विलो इतिहास र महान जनयुद्धको मर्म बिपरित गरिन लागिएको एकता स्वीकार्य नभएको बाइसिएलले जनाएको छ । शनिबार माओवादी केन्द्रको पार्टी कार्यालय कपिलबस्तुमा बुझाइएको ज्ञापनपत्रमा जनयुद्धका सहिद, घाइते र नेपालका लाखौं क्रान्तीकारी युवाहरुलाई मान्य नहुने गरि एकता नगर्न आग्रह गरिएको छ ।
यहा“सम्म आईपुग्दा माओवादीको आफ्नो विचार सिद्धान्त मालेमावादमा अडिग रहि २१ औं शताव्दीको नया जनवाद जर्बजस्त रुपमा जनता माझ स्थापित भएको बिज्ञप्तीमा उल्लेख छ । पार्टी नेतृत्वको सपना साकार पार्नको निमित्त नेपालका २ ठुला कम्युनिष्ट पार्टिहरुको एकता र मिल्नुको विकल्प नरहेको र सबै कम्युनिष्टहरुलाई एकै ठाउमा लिएर राष्ट्रलाई निकास दिई पछि पारिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई अधिकार दिनु आवश्यक रहेको बाइसिएल नेपाल कपिलबस्तुका फ्रयाक्सन इन्चार्ज बिमल सारु मगरले बताउनुभयो ।
ज्ञापनपत्र बुझ्दै माओवादी केन्द्रका जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठले दीर्घकालिन बिकास, समृद्ध नेपाल निर्माणको अभियानमा बामएकता जरुरी रहेको बताउदैं यहासम्म आइपुग्न साथ दिने धरातललाई विर्सन नहुने बताउनुभयो । जिल्ला फ्रयाक्सन इन्चार्ज बिमल सारु मगर, बाणगंगा नगरपालिका नगर इन्चार्ज बिजय कुंबर, कमल पराजुली, श्यामसागर रसाइली, शंकर क्ष्ँेत्री, राजु थापा लगायतको बाइसिएल नेपालको टोली ज्ञापनपत्र पेश गर्न पार्टी कार्यालय पुगेको थियो ।

प्रकाशित मिति : १३ माघ २०७४ शनिबार ००:००  २ : ०० बजे