२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024

स्थानीय तहमा बेथिती ! नागरिकता बनाउन वडा अध्यक्षले एक बिगाह जमिन मागे !



अराज सिंह बेल्बासे, चन्द्रौटा ।
स्थानीय चुनाव भए सँगै जनताले आफ्ना काम छिटो सजिलोसँग होला भनेर ठुलै आशा गरेका छन । जनताले स्थानीय जनप्रतिनिधी भएपछि छिटो सजिलो काम हुने आशा गरेको भए पनि कृष्णनगर नगरपालिका ६ की दुलारमती कुर्मीलाई भने स्थानिय सरकार बने पछि झनै अप्ठेरो परेको छ ।
आफैले भोट दिएर जिताएका वडा अध्यक्षले नागरिकता बनाउनको लागि १ बिगाह जमिन मागे पछि उनी अहिले अप्ठेरोमा परेकी हुन् । कृृष्णनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देवानन्द शुक्लाले सोझो परिवार देखेर आफुहरुलाई सामान्य नागरिकताको सिफारिस तयार भएको तर वडा अध्यक्षले हताक्षर गर्न भन्दा १ बिघा जमिन मागेको पिडित परिवारले बताएका छन् ।
लिखित रुपमा पनि नागरिक्ता नपाउने भए कारणको माग गर्दा समेत बेवास्था गरे पछि निराश बनेका छन् । नागरिकता सिफारिसको लागि श्रीमान तथा ४ जना छोराको नागरिकता हँुदा समेत नागरिकताको सिफारिस नदिएको भन्दै दुख ब्यक्त गरेका छन् । यता वडा अध्यक्ष देवानन्द शुक्लाले आफ्नो बाबुले दिएको जग्गा भएकाले मागेको बताएका छन् ।
नागरिकता बनाउनको लागी छोराहरु र श्रीमानको नागरिकता दिएको तर ति छोराको आमा उ नभएकोले नागरिकताको सिफारिस रोकेको बताएका छन् । आफुले राम्रोसँग चिनेको आधारले नागरिकता किन नदिएको भन्ने कारणको जवाफ उनीहरुलार्ई नदिएको उनले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७४ बुधबार ००:००  ३ : १२ बजे