५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मदन भण्डारी स्पोट्स एकेडेमी स्तब्ध, थ्रिस्टार क्लव फाइलनमा



मायादेवी अनलाइन, बुटवल ।
आयोजक मदन भण्डारी स्पोट्स एकेडेमीलाई १–० गोल अन्तरले पाखा लगाउँदै थ्रिस्टार क्लव बुटवलमा जारी मदन भण्डारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको निकै प्रतिष्पर्धात्मक खेलमा थ्रिस्टारका बुद्ध चेम्जोङको गोल नै निर्णायक बन्दा थ्रिस्टार उपाधि नजिक पुगेको हो ।
खेलको ३५ औं मिनेटमा बिमल घर्तीले हानेको फ्रिकिकलाई चेम्जोङले गोलमा परिणत गरेका थिए । पहिलो हाफमै १–० को गोल अन्तरले पछि परेको आयोजक टिमले पाएका केही अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्नु प¥यो ।
प्रतियोगितामा थ्रिस्टारका विदेशी खेलाडी पिटर म्यान अफ द म्याच भएका छन् । विजेता थ्रिस्टारले उपाधिका लागि मनाङ मस्र्याङदीसंग फाइनल प्रतिष्पर्धा गर्दैछ । प्रतियोगिताको फाइनल खेल सोमबार हुने आयोजकले जनाएका छन् । प्रतियोगिताको बिजेताले १५ लाख र उपविजेताले साढे सात लाख पाउनेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७४ आइतबार ००:००  ३ : ११ बजे