२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

युवा संघ कपिलवस्तुकोे बैठक बस्यो, यस्तो गर्यो निर्णय



मायादेवी अनलाइन, तौलिहवा ।
युवा संघ नेपाल कपिलवस्तुको बैठक मदन आश्रित स्मृती भवन तौलिहवामा बसेको छ । बैठकले युवालाई रचनात्मक काममा लगाउँदै १० वटै स्थानीय तहमा राजनीतिक संगठनात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको युवा संघका सचिव श्याम सुवेदीले जानकारी दिनुभयो ।
बैठकमा एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलको प्रमुख आतिथ्यता, मोर्चा इन्चार्ज बाबुराम खनाल, युवा इन्चार्ज चक्रपाणी, अर्याल, सह इन्चार्ज देबी बेल्वासे, संघका केन्द्रिय लेखा आयोगका सचिव तेजेन्द्र बहादुर पाण्डे, केन्द्रिय सदस्य चोपलाल पोख्रेल लगायतले बोल्नुभएको थियो ।
संघका जिल्ला अध्यक्ष गणेश केसीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन जिल्ला सचिव श्याम सुवेदीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७४ बिहिबार ००:००  ३ : ३२ बजे