२ असार २०८२, सोमबार | Mon Jun 16 2025

कृषि प्रर्दशनीमा दर्शकको आकर्षण



शिवलाल सुवेदी, गुल्मी ।
जिल्लाको सदरमुकाम तम्घासमा सञ्चालन भएको तेस्रो गुल्मी महोत्सवमा राखिएको कृषि प्रर्दशनीमा दर्शकको आकर्षण बढेको छ । “गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास—शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास” तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला २०७४ को मेला अवलोकन गर्न आउने दर्शकहरुको आकर्षण कृषि प्रदर्शनीमा बढेको छ ।
स्थानीय किसानहरुले उत्पादन गरेका कृषिजन्य बस्तुहरुको बिक्रि वितरण तथा प्रर्दशनीका लागि राखिएको स्टलहरुमा दर्शकहरुले खुव चासो दिएका छन । कृषि प्रर्दशनीमा दर्शकहरुको आकर्षण बढेसङ्गै विक्रि वितरण लागि राखिएका कृषिजन्य सामाग्रीहरु ब्यापार समेत बढेको छ । दर्शकहरुले आकर्षण र चापले दैनिक ब्यापारमा बृद्धि भएको जिल्ला कोशेली घर गुल्मीले जनाएको छ । जिल्ला कोशेली घरले महोत्सव स्थलमा रहेको स्टलमा कृषिजन्य लगायत अन्य स्थानीय उत्पादनहरु बिक्रि वितरणका लागि राखेको छ । त्यस्तै किसानका लागि उन्नत विउविजन कार्यक्रम गुल्मी उद्योग वाणिञ्य सघंका कृषि ब्यवसाय सल्लाकार दामोदर ज्ञवालीका अनुसार स्थानीय उत्पादन तथा कृषिजन्य प्रर्दशनीमा मेलाको अवलोकन गर्न आउनेहरुले चासोका साथ अवलोकन गरेको बताए । हामीले गुल्मी जिल्लाका विभिन्न स्थानहरुमा उत्पादन भएका विउ विजन, तरकारी, फलफुल, मह, दाल लगायत विक्रि वितरण र प्रर्दशनीका लागि राखेका छौ ज्ञवालीले भने ‘कोशेली घर गुल्मीले डोको, नाम्लो, गुन्द्री, माटाका भाडाकुडाँ, स्वीटर, ढाकाका सल, टोपी लगायत स्थानीय बस्तुहरु राखेकाले दर्शकहरुको आकर्षण बढेको छ ।’ उनका अनुसार प्रत्येक दिन मेला हेर्न आउनेहरुले कुनै न कुनै स्थानीय बस्तुहरु किनेर लैजाने गरेको बताए ।
तेस्रो गुल्मी महोत्सव कृषि तथा स्थानीय उत्पादीत बस्तु प्रदर्शन उप समितीले पनि कृषि प्रर्दशनी तथा स्थानीय उत्पादीत बस्तुको स्टलमा दर्शकहरुको चाप बढेको जनाएको छ । स्थानीय विउ विजन लगायत उपभोग्य सामानहरुमा दर्शकहरुको आकर्षण बढेसगै बिक्रि वितरण समेत बढेको समिती सयोजक गोपाल भुसालले बताए । स्टलमा कोदोको पिठो, फापँरको पिठो, मकैका आटा, मकै, गहँु, कोदो, धानको विउ, मह, माछा, आर्गनिक गुल्मेली कफि, लगायत २ दर्जनबढी स्थानीय उत्पादित बस्तुहरु प्रदर्शनी तथा विक्रि वितरणका लागि राखिएको छ । वजारमा भन्दा केही महङ्गो परेको भएपनि दर्शहरुले स्थानीय उत्पादन किन्ने गरेको भुसालले बताए । बजारमा पाईने मह भन्दा धेरै गुणा उत्कृष्ट स्थानीय उत्पादनहरु स्टलमा रहेपनि धेरैले चिन्न नसक्नु दुखद कुरा भएको छ उपसमिती सयोजक भुसालले भने‘ चिन्नेले किन्दा पनि राम्रै विक्रि बितरण हुदो रहेछ ।’ चैत्र १६ गतेदेखि सञ्चालन भएको तेस्रो गुल्मी महोत्सव तथा कृषि, पर्यटन, व्यापार एवं औद्योगिक मेला २०७४ चैत्र २६ गते सोमवार समापन हुने कार्यक्रम रहेको छ । मेलाको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : २४ चैत्र २०७४ शनिबार ००:००  ३ : ५६ बजे