८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

राष्ट्रिय गौरवका योजनाहरु मुख्य प्राथमिकतामा राख्न माग



पार्वती पाण्डे, कपिलवस्तु ।
राष्ट्रिय गौरवका योजनाहरु तिलौराकोट, जगदिशपुर ताल लगायतका योजनाहरुलाई मुख्य प्राथमिकतामा राखि कार्यान्वयनमा ल्याउन नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले सरकार सँग जोडदार माग गरेको छ । मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको पार्टि सचिवालयको वैठकले उक्त कुराको निर्णय गरेको हो ।
त्यस्तै गरि जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका स्थानीय तहहरुमा विकास निमार्णका कामहरुको अनुगमन गर्ने र गुणस्तर सामग्री प्रयोगमा जोड दिने निर्णय गरेको छ । त्यस्तै गरि पार्टि सदस्यता यहि आउदो जेठ ५ गते भित्र संगठित सदस्यहरुले अनिवार्य सदस्यता नविकरण गर्नु पर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा प्रचार प्रसारका क्रममा गंभिर घाईते हुुनु भएका वुद्धभुमि नगरपालिका निवासी मुमाराम आचार्यको शिघ«स्वास्थ्य लाभको कामना गर्दै थप उपचारका लागि आर्थिक राहत प्रदान गर्न सरकार सँग माग गरेको छ ।
त्यस्तै वैठकले २६ औं मदन आश्रित स्मृति दिवस आउदो जेठ ३ गते चन्द्रौटामा मनाउने निर्णय गरेको छ । वैठकमा पार्टि अध्यक्ष झविलाल पोख्रेल, पार्टिका नेताहरु कृष्ण पौडेल, टिकाराम अर्याल, क्षेत्रवहादुर खत्री, प्रभा पौडेल, डिल्ली भुषाल, जंजिर प्रसाद थारु लगायतको उपस्थिती रहेको प्रचार विभाग प्रमुख एल्पी बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २९ बैशाख २०७५ शनिबार ००:००  २ : ५१ बजे