२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

पेट्रोलियम पदार्थको मुल्य बृद्धि विरुद्ध नेविसंघ आन्दोलित



नारद कोहार, कपिलबस्तु ।
पेट्रोलियम पदार्थमा भएकोे मुल्य बृद्धिको नेविसंघ कपिलवस्तुले बिरोध गरेको छ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धि फिर्ता गर्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । साथै नेविसंघले मंगलबार कपिलबस्तुको तौलिहवामा केही बेर चक्का जाम समेत गरेको थियो ।
नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धी तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले उपभोक्ता मारमा परेका छन ।
बिरोध कार्यक्रममा वोल्दै नेपाल विद्यार्थी संघका सह महामन्त्री प्रकाश घिमिरेले सरकारले आफ्नो माग सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिनुभयो ।
उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति राकेश पाण्डेय, नेपाल तरुण दलका क्षेत्रिय सभापति राजेश उपाध्याय, अविनास शुक्ला, तरुण दलका नगर सभापति अनुप कुमार पाण्डेय, क्षेत्रिय सभापति शुनिल पाण्डेय, नेवि संघका सुधिर पाण्डेय, धिरेन्द्रराज उपाध्याय, क्षेत्रिय कार्यबाहक सभापति जगदिश पाण्डेय, नेपाली कांग्रेसका जिल्ला सदस्य ढोढे प्रसाद यादव, परमेशवर पाठक लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २३ जेष्ठ २०७५ बुधबार ००:००  ३ : ४४ बजे