१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

विश्वकप २०१८ को पहिलो खेलमा रुसको शानदार जित



एजेन्सी, मस्को ।
विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको छ ।
खेल सकिन केही मिनेट बाँकी रहँदा पाएको फ्रीकिकलाई गोलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५(० को जित दिलाएका हुन् । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो ।
रुसी खेलाडी डेनिस चेरिसेवले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए ।
खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका आर्तेम जुबाले मैदान प्रवेश गरेको एक मिनेटमै गोल गर्दै रुसलाई ३–० को अग्रता दिलाएका छन् । उनले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरेका हुन् ।
खेल सुरु भएको १२ औं मिनेटमा रुसका ८ नम्बरका खेलाडी युरी गाजिन्स्कीले हेडमार्फत गोल गरेका हुन् । अलेक्सान्द्र गोलोभिनले दिएको पासमा उनले हेडमार्फत गोल गरेका थिए । ।
त्यस्तै पहिलो हाफको ४३ औँ मिनेटमा रुसका लागि डेनिस चेरिसेवले दोस्रो गोल गरेका थिए । उनले साउदी अरेबियाका तीन जना डिफेन्डरलाई छक्याउँदै बललाई जाली चुमाएका थिए ।

प्रकाशित मिति : १ असार २०७५ शुक्रबार ००:००  ४ : ०४ बजे