१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेनको खेल बराबरी



एजेन्सी, मस्को ।
क्रिस्टियानो रोनाल्डो सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्ने खेलाडी बन्दा समूह बीमा पोर्चुगल र स्पेनको खेल बराबरीमा सकिएको छ । आइतबार राति भएको खेलमा दुबै टिमले ३(३ गोल गरेर अंक बाँडेका हुन् ।
पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे ।
खेलको चौथो मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाएका थिए । स्पेनका खेलाडी नाचोले डी एरियाभित्र रोनाल्डोलाई लडाएपछि प्राप्त पेनाल्टी उनै रोनाल्डोले सदुपयोग गरे । त्यसको २० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर ४४ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २(१ को अवस्थामा र्पुयाए ।
खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको ३ मिनेटपछि नै नाचोले गोल गरेपछि स्पेन ३(२ को अवस्थामा पुग्यो ।
तर खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा स्पेन अंक बाँड्न बाध्य भयो । डी एरियाबाहिर रोनाल्डोलाई स्पेनी खेलाडीले लडाएपछि पाएकोव फ्रीकिकमा उनै रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरे र स्पेनसँग अंक खोस्न सफल भए ।
खेलपछि स्पेन र पोर्चुगल दुबैले १र१ अंक जोडेका छन् । शुक्रबार नै भएको समूह बी अन्तर्गत इरान र मोरक्कोबीचको खेलमा मोरक्कोलाई १(० ले निराश बनाउँदै इरानले ३ अंक जोड्न सफल भएको छ । समूह चरणको पहिलो खेल सकिँदा ऊ समूह ए को विजेता बनेको छ ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  २ : ४१ बजे