१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

दोस्रो हाफको खेलमा फ्रान्ससँग अस्ट्रेलिया २–१ ले पराजित



एजेन्सी, मस्को ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको फ्रान्स र अस्ट्रेलियाको खेल दोस्रो हाफमा रोचक बनेको छ । रुस विश्वकप अन्तर्गत उपाधिको दाबेदार मानिएको फ्रान्सले अस्ट्रेलियालाई २–१ ले पराजित गरेको छ ।

फ्रान्सको जितका लागि ग्रिजम्यानले पेनाल्टी गोल गरे भने पोग्बाले दोस्रो गोल गरे । पेनाल्टीबाट पहिलो गोल गरेको फ्रान्सले ८१ औँं मिनेटमा दोस्रो गोल गरेको हो । दोस्रो गोल फ्रान्सका लागि पल पोग्बाले गरे । त्यसअघि खेलको ५८ मिनेटमा भिडियो असिस्टेन रेफ्रीले पेनाल्टी दिएपछि फ्रान्सले १–० ले अग्रता लिएको थियो ।

यद्यपी दुई मिनेट बित्न नपाउँदै अष्ट्रेलियाले पेनाल्टी पाएपछि खेल बराबरीमा भएको थियो । फ्रान्सले पाएको पेनाल्टीलाई ग्रिजम्यानले जाली चुमाएका थिए । बलियो फ्रान्स विरुद्धको यो खेल अस्ट्रेलियाका लागि परीक्षा मानिएको थियो । शक्तिशाली फ्रान्ससँग अस्ट्रेलिया कमजोर सावित भएको छ ।

फ्रान्सले पेनाल्टी पाएको दुई मिनेटपछि खेलको ६१ मिनेटमा अस्ट्रेलियाले पाएको पेनाल्टीलाई कप्तान जेडिनाकले जाली चुमाएका थिए । यद्यपी पोग्बाको गोलसँगै फ्रान्स २–१ ले विजयी भएको हो ।

प्रकाशित मिति : २ असार २०७५ शनिबार ००:००  १२ : ०५ बजे