१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

शिवपुरमा महिला तथा पुरुष फुटबल प्रतियोगिता



गीता पौडेल, चन्द्रौटा ।
शिबराज नगरपालिकाको शिबपुरमा महिला तथा पुरुष फुटबल प्रतियोगीता सञ्चालन भएको छ । जयबुद्ध युवा क्लबद्धारा आयोजित फुटबल प्रतियोगीताको प्रदेश न.५ का प्रदेश सदस्य अर्जुन केसिले उद्घाटन गर्नुभयो ।
प्रतियोगीता उद्घाटन गर्दै प्रदेश सांसद केसीले अन्तराष्ट्रिय जगतमा पहिचान बनाउन र स्वस्थ जीवनका लागि खेल महत्वपूर्ण रहेको बताउनुभयो । प्रदेश सरकारले कृषि पछिको दोस्रो प्राथामिकतामा खेलकुदलाई राखेको जानकारी दिनुभयो ।
शिबराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले मानव जीवनलाई स्वस्थ बनाउन तथा ठाउँको पहिचानका लागि खेल महत्वपुर्ण रहेको बताउँदै बालबालिकालाई सानै उमेर देखि इच्चा अनुसार खेलमा आबद्ध गराउनुपर्ने बताउनुभयो ।
ब्यापार संघ कपिलबस्तुका अध्यक्ष महादेव पोख्रेलले देशको समग्र बिकासका लागि खेलको बिकास हुनु पर्ने बताउँदै कार्यक्रम पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी बालकराम बुढा, युवा संघ कपिलबस्तुका अध्यक्ष गणेश केसि, युवा संघ शिबराज नगरपालिका संयोजक रामचन्द्र केसी, प्याब्सन पश्चिम कलस्टरका संयोजक टी.एन गैरे, समाजसेवी जिवलाल पौडेल, होटल तथा रेष्टुरेन्ट ब्यबसायि संघ कपिलबस्तुका संयोजक ढुण्डिराज अधिकारी, मनकामना सामुदायिक बन उपभोक्ता समुहका संयोजक राम बहादुर केसी, नगर कार्यपालिका सदस्य लक्ष्मी हमाल, वडा सदस्य टीका बि.क, समाजसेवी भगबती केसी लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।
लिग चरणमा हुने खेलको पहिलो दिन ग्रीन भिजन क्लब बनकट्टा, धानखोला युवाक्लब धानखोला, ज्ञानज्योति युवाक्लब उमरी, राजिगं स्टार युवा क्लब चन्द्रौटा, गोल्डेन स्टार युवा क्लब बानियाबार, सुर्यमुखी युवाक्लब बिजगौरी बिच प्रतिस्पर्धा भएको थियो । खिम बहादुर रोकाको अध्यक्षतामा भएको कार्यक्रममा बिनिता भारतीको स्वागत मन्तब्य र केशर थापाको सञ्चालन रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  २ : १३ बजे