१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

क्रोएसियाले नाइजेरियालाई २–० ले हरायो



एजेन्सी, मस्को ।
रसिया विश्वकपमा क्रोएसियाले विजयी सुरुवात गरेको छ । अफ्रिकी पावरहाउस नाइजेरियालाई २–० ले हराउँदै क्रोएसियाले तीन अंक जोडेको छ ।

कालिनइनगार्ड मैदानमा भएको खेलमा एक गोल आत्मघाती भएको थियो भने अर्को गोलमा लुका मोड्रिचको योगदान थियो ।

३२औं मिनेटमा ओगेनेकारोले इटेबोले लुका मोड्रिचले गरेको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमागोल गरे । नाइजेरियाले क्रोएसियालाई खेलभरी नै दबाब दिएको थियो ।

हाफटाइम अघि एलेक्स इओबीको प्रहार डिफेन्डर डेजान लोब्रेनले जोगाएका थिए । अर्को एउटाराम्रो अवसरमा ब्राइन इडोउले चुक्न पुगे ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  २ : ३५ बजे