१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

आजको पहिलो खेलमा सर्बियाद्धारा कोष्टारिका १ शून्यले पराजित



एजेन्सी, मस्को ।
विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा सर्वियाले कोष्टारिकासँग १ शून्यको जित हात पारेको छ ।
रुसको समरा रंगशालामा भएको खेलको ५७ औं मिनेटमा अलेक्साण्डर कोलारोभले गोल गर्दै सर्वियालाई जिताएका हुन् । कोष्टारिकाका डेभिड गुजम्यानले फाउल गरेपछि रेफ्रिले उनलाई पहेंलो कार्ड देखाउँदै सर्वियालाई फ्रि किकको मौका दिएका थिए । कोलारोभले फ्रिकिकलाई गोलमा परिणत गरे ।

प्रकाशित मिति : ३ असार २०७५ आइतबार ००:००  २ : ४९ बजे