३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

पानामा विरुद्ध बेल्जियम हावी, ३–० गोलले हरायो



एजेन्सी, मस्को ।
विश्व कप अन्र्रतगत गएराती भएको समूह ‘जि’ को खेलमा भने बेल्जियमले पानामा विरुद्ध ३–० गोलको जित निकालेको छ । रोमेलु लुकाकु नायक बन्दा बेल्जियमले पहिलो पटक विश्वकप खेल्दै गरेको पानामा माथि ३–० गोलको जित हात पारेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले २ र ड्रियस मार्टेन्सले गोल गरे । ड्रियस मार्टेन्सले खेलको ४७ औं मिनेटमा गोल गर्दै बेल्जियमलाई १–० गोलको अग्रता दिलाएका थिए ।

त्यस्तै, खेलको ६९औं मिनेटमा गोल गर्दै बेल्जियमले पानामा विरुद्ध दोब्बर अग्रता बनाएको थियो । बेल्जियमका लागि लुकाकुले उत्कृष्ट हेडर गोल गर्दै २–० गोलको अग्रता दिलाएका थिए । खेलको ७५औं मिनेटमा लुकाकुले उत्कृष्ट गोल गर्दै बेल्जियमका लागि ३–० गोलको अग्रता दिलाए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि बेल्जियमले पानामालाई ३–० गोलले पराजित गरेको हो ।

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको पानामाले दोस्रो हाफमा भने फितालो प्रदर्शन गर्यो । पहिलो हाफसम्ममा भने बलियो प्रतिद्धन्दी बेल्जियमलाई पानामाले गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । पहिलो हाफमा बेल्जियमले निकै आक्रमक खेलेपनि गोल गर्न भने सकेको थिएन । पहिलो हाफको मध्यसमयतिर बेल्जियमका खेलाडीले प्रहार गरेको बल पानामाका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  २ : ०७ बजे