२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

विश्वकपमा एसियाली देश जापान विजयी, कोलम्विया पराजित



एजेन्सी, मस्को ।
विश्वकप २०१८ को समूह एच अन्तरगतको खेलमा कोलम्बियालाई जापानले २–१ ले हराएको छ । यसका साथै विश्वकप इतिहासमा दक्षिण अमेरिकी राष्ट्रलाई हराउने जापान पहिलो एसियाली देश बनेको छ ।
विश्वकपका विभिन्न संस्करणमा एसियाली देशहरुको दक्षिण अमेरिकी देशसँग १७ पटक भेट भएको छ । तर यसअघि कुनै पनि एसियाली टिमले दक्षिण अमेरिकी राष्ट्रलाई हराउन सकेको थिएन । यति मात्र होइन, जापानले अघिल्लो विश्वकपमा कोलम्बियासँग भोगेको हारको बदला समेत लिएको छ । अघिल्लो संस्करणमा जापान ४–१ ले पराजित भएको थियो ।
जापानविरुद्धको खेलमा जापानी खेलाडी सिन्जी कागावाको प्रहारलाई हातले रोकेपछि जापानले पेनाल्टी पाएको थियो ।
म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडीसमेत रहेका जापानी खेलाडी शिन्जी कागावाले पेनाल्टीमाफर्त गोल गर्दै सुरुमै जापानलाई १–० को अग्रता दिलाए ।
डिबक्सभित्र हातले बल रोकेपछि कोलम्बियाका खेलाडी कालोर्स सान्चेज रेड कार्ड खाँदै मैदानबाट बाहिरिए ।सान्चेज विश्वकप २०१८ मा रेड कार्ड पाउने पहिलो खेलाडी पनि भएका छन् ।
स्टार खेलाडी जेम्स रोड्रिग्वेज चोटिल भएपछि त्यसै नै दबाबमा रहेको कोलम्बिया १० खेलाडीमा सीमित भएपछि अझ दबाबमा थियो । तर १० खेलाडीमा सीमित भए पनि कोलम्बियाले जापानमाथि निरन्तर दबाब बनाइराख्यो । खेलको ३७ औँ मिनेटमा डिबक्सबाहिर जापानी खेलाडी माहोतो हासेबेले कोलम्बियाली खेलाडी राडामेल फाल्काओलाई लडाएपछि कोलम्बियाले फ्रिकिक पायो । जुवान क्विन्टेरोले फ्रिकिकमार्फत गोल गर्दै १–१ को बराबरी गरे ।
खेलको ५९ औँ मिनेटमा कोलम्बियाले क्विन्टेरोको स्थानमा रोड्रिग्वेजलाई मैदानमा प्रवेश गरायो । तर खेलको ७३ औँ मिनेटमा जापानका लागि युया ओसाकोले केइसुके होन्डाले प्रहार गरेको कर्नरमा हेडमार्फत सुन्दर गोल गर्दै २–१ को जित सुनिश्चित गरे ।

प्रकाशित मिति : ५ असार २०७५ मंगलबार ००:००  ४ : ३१ बजे