३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

पोल्याण्डलाई सेनेगलको हरायो



एजेन्सी, मस्को ।
विश्वकप फुटबलको समूह एचको खेलमा सेनेगलले पोल्याण्डलाई हराउँदै विश्वकपमा शानदार सुरुवात गरेको छ ।

विश्वकपको समूह एच अन्तर्गत रुसको भोल्कोभ एरेनामा मंगलबार राति भएको खेलमा सेनेगलले पोल्याण्डलाई २–१ गोलले हरायो ।

पहिलो हाफको ३७ औं मिनेटमा पोल्याण्डका सिओनिकको आत्मघाती गोलमार्फत सेनेगलले अग्रता लिएको थियो । सेनेगलका स्ट्राइकरको प्रहार क्लियर गर्न लाग्दा उनले बललाई आफ्नै पोष्टको दिशा दिएका थिए ।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको सेनेगलले दोस्रो हाफमा अग्रता बढायो । ६०औं मिनेटमा एमबाये नियांगले शानदार गोल गरेका थिए ।

खेलको नियमित समय सकिनु ४ मिनेटअघि पोल्याण्डका जर्ज क्रिचोइकले एक गोल फर्काए पनि ढिला भइसकेको थियो । सेनेगल पहिलो पटक सन् २००२ मा विश्वकप खेलेको थियो । डेब्यू खेलमै क्वार्टरफाइनलसम्मको यात्रा गरेको सेनेगल त्यसयताका ३ वटा संस्करणमा भने छनौट नै हुन सकेको थिएन ।

जितसँगै समूह एचबाट जापान र सेनेगल विजयी हुँदा कोलम्बिया र पोल्याण्डले जितका लागि अर्को खेल कुर्नुपर्ने भएको छ । यससँगै विश्वकप समूह चरणको पहिलो चरणका खेलहरु सकिएका छन् ।

प्रकाशित मिति : ६ असार २०७५ बुधबार ००:००  ४ : १० बजे