३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

स्पेन संग इरान १–० गोलले पराजित



एजेन्सी, मस्को ।
रसियामा जारी विश्वकप फुटबलको समूह ‘बि’ मा भएको खेलमा स्पेनले जित हात पारेको छ । स्पेनले इरानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
स्पेनको जितमा डिएगो कोष्टा नायक बने । उनकै गोलले स्पेनले इरानमाथि कठिन जित हात पारेको हो । कोष्टाले खेलको ५४औं मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने अवसर पाएपनि स्पेन गोल गर्न सकेन ।
खेलअवधिभर बल नियन्त्रणमा राखेको स्पेनले एकपछि अर्को गोल गर्ने अवसर गुमाएको थियो । खेलको अन्तिम समयतिर इरानले पनि निकै आक्रमक खेल खेलेको थियो । तर गोल गर्न भने सकेन ।
बलियो प्रतिद्धन्दी स्पेनविरुद्ध एसियन राष्ट्र इरानले पहिलो हाफमा भने गोलरहित बराबरीमा रोकेको थियो । स्पेनले सुरुवाती समयदेखि नै आक्रमक खेल खेलेपनि गोल गर्न भने सकेको थिएन । बल आफ्नो नियन्त्रणमा भएपनि स्पेनले पाएको अवसर सदुपयोग गर्न सकेको थिएन । इरानले पनि केही गोल गर्ने अवसर सिर्जना गरेको थियो ।
जितसँगै स्पेनको २ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी खेल्दै ४ अंक भएको छ । यता, पराजित इरानको भने २ खेलमध्ये १ खेलमा जित र १ खेलमा हारसहित गरेर ३ अंक भएको छ ।
इरानले जारी विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा मोरक्कोलाई १–० गोलले पराजित गरेको थियो । स्पेन भने समूह चरणको आफ्नो पहिलो खेलमा नै पोर्चुगलसँग ३–३ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : ७ असार २०७५ बिहिबार ००:००  २ : ४९ बजे