२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

डेनमार्क र फ्रान्स गोलरहित बराबरी, दुवै देश अन्तिम १६ मा



एजेन्सी, मस्को ।
पूर्व्वजेता फ्रान्स र डेनमार्क विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत साझ पौने ८ बजे देखि भएको समूहगत चरणको अन्तिम खेलमा फ्रान्सलाई गोल रहित बराबरीमा रोक्दै डेनमार्कले अन्तिम १६ मा स्थान बनायो । अन्तिम खेल अघि नै प्रिक्वार्टरफाइनलमा स्थान बनाइसकेको फ्रान्स विजेता र डेनमार्क समूह उपविजेता बने ।
सन् १९९८ को विश्वकप विजेता फ्रान्स सात अंकका साथ समूह विजेता बन्यो । फ्रान्सले समूहगत चरणका तीन खेलमध्ये दुईमा जित र एक बराबरी खेल्यो ।
यसैगरी उपविजेता बनेको डेनमार्कले तीन खेलमध्ये एक जित र एक बराबरी खेल्दै पाँच अंक जोड्यो । समूहगत चरणबाट बाहिरिएको पेरुले तीन खेलमा एकमा जित र दुईमा हार बेहोर्दै तीन अंक जोड्यो । यसैगरी अस्ट्रेलियाले एक बराबर र दुई खेलमा हार बेहोर्दै एक अंक मात्र जोड्न सक्यो ।

प्रकाशित मिति : १२ असार २०७५ मंगलबार ००:००  ६ : १९ बजे