२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

कोलम्बिया र जापान विश्वकपको अन्तिम १६ मा , इङल्याण्डलाई हराउँदै बेल्जियम समुह विजेता



एजेन्सी ।
फिफा विश्वकप फुटबल प्रतियोगितामा समूह ’एच’ बाट कोलम्बिया र जापान अन्तिम १६ मा पुगेसंगै नकआउट चरणमा पुगेसंगै सबै टोलीको टुङगो लागेको छ
बिहीबार हिजो पोल्यान्डसँग १० गोलले पराजित भएपनि जापानले अन्तिम १६ मा स्थान पक्का गरेको हो भने कोलम्बियाले अन्तिम खेलमा सेनेगललाई १० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। कोलम्बिायका लागि मिनाले ७४ मिनेटमा गोल गरे। समूहमा कोलम्बियाले ६ अंक जोड्दै समूह विजेता बन्यो। जापान समूह उपविजेता बन्यो। जापान र सेनेगलले ४–४ अंक जोडे। दुवै टिमको गोलअन्तर पनि समान थियो। तर जापानले कम पहेँलो कार्ड पाएका कारण सेनेगललाई पछि पार्न सफल भयो। फेयर प्लेमा जापानको (४ र सेनेगलको (६ अंक थियो।
यता वेल्जियम भने समुह विजेता बनेको छ । आज बिहान सकिएको समूह ’जी’ को खेलमा इंग्ल्यान्डलाई १(० गोलले पराजित गर्दै समूह विजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो। बेल्जियमको जितमा एड नान जानु जाजले खेलको ५१ मिनेटमा निर्णायक गोल गरेका थिए। योसँगै बेल्जियमले समूह चरणका ३ वटै खेलमा जित निकाल्न सफल भयो। यसअघिका २ खेलमा जित हात पारेको इंग्ल्यान्ड समूह उपविजेतामै सीमित बन्यो।
यता यो समूहकै अर्को खेलमा ट्युनिसियाले पानामालाई पराजित गरेको छ। दुवै टिम सुरुवाती २ खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेका थिए। अन्तिम १६ मा युरोपबाट १० टिम पुग्न सफल भए। यस्तै दक्षिण अमेरिकाबाट ४ टिमले नकआउट चरणमा स्थान पक्का गरे। उत्तर अमेरिकाबाट १ र एसियाबाट १ टिम अन्तिम १६ मा पुगे। अफ्रिकाबाट भने कुनैपनि टिम अन्तिम १६ मा पुग्न सकेनन्।
अन्तिम १६ मा युरोपबाट रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड, बेल्जियम, इंग्ल्यान्ड दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जे्न्टिना, ब्राजिल, कोलम्बिया एसियाबाट जापान, उत्तर अमेरिकाबाट मेक्सिको अन्तिम १६ मा पुगेका हुन् । अफ्रिकाबाट भने क’नै टिम विश्वकपमा सहभागि ह’न सकेनन् । अब नकआउट चरणका खेल ह’ने छन् ।
अब अन्तिम १६ का खेलहरु शनिबार रातिबाट सुरु हुँनेछ। पहिलो दिन फ्रान्स र अर्जेन्टिना तथा पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १५ असार २०७५ शुक्रबार ००:००  ६ : ०१ बजे