२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

अर्जेन्टिना र पोर्चुगल दुवै विश्कपबाट बाहिरिए, उरुग्वे र फ्रान्स अन्तिम ८ मा



एजेन्सी, मस्को ।
दुई पटकको विश्वविजेता अर्जे्न्टिना र विश्वकपको उपाधि दाबेदार पोर्चुगल दुवै विश्कपबाट बाहिरिएका छन् ।
शनिबार भएको खेलमा फ्रान्सले अर्जे्न्टिनालाई ४–३ गोल र उरुग्वेले पार्चेगललाई २– गोलले हराएपछि उनीहरु विश्वकपबाट बाहिरिएका हुन् । जितसंगै फ्रान्स र उरुग्वे अन्ति ८ मा प्रवेश गरेका छन् ।
फ्रान्सको जितमा १९ वर्षीय युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरे। अब फ्रान्सले अन्तिम ८ मा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रान्सले खेलको १३ मिनेटमा अग्रता लिएको थियो। केलियन एमबाप्पेलाई अर्जे्न्टिनाका मार्कोस रोजोले लडाएपछि प्राप्त पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई १–० ले अघि बढाए ।
४१ मिनेटमा अर्जे्न्टिनाले बराबरी गोल फर्कायो। एन्जेल डि मारियाले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । उनको प्रहारलाई रोक्न फ्रान्सका गोलकिपर हुगो लोरिसले रोक्ने कुनै मौका नै पाएनन् ।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा अर्जे्न्टिनाले खेलमा अग्रता लिन सफल भयो। ४८ मिनेटमा लियोनल मेसीले डिबक्स नजिकबाट हानेको प्रहारलाई मार्कोडोले डिबक्स भित्रबाट गोलपोस्टको दिशा दिए ।
५७ मिनेटमा फ्रान्सले बराबरी गोल फर्कायो। डिफेन्डर पभार्डले लुकास हर्नान्डेजको क्रसमा हाफ भलि सर्टमार्फत लोभलाग्दो गोल गर्दा खेल २(२ को बराबरी भयो ।
६४ मिनेटमा फ्रान्सले दोस्रो पटक अग्रता लिन सफल भयो । फ्रान्कोस अर्मानीले उपलब्ध गराएको पासमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ३–२ ले अघि बढाएका थिए । ४ मिनेटमा पछि एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले अग्रता दोब्बार पारेको थियो । एमबाप्पेले ओलिभर जिरुडको पासमा गोल गर्दा फ्रान्सले ४–२ को अग्रता लियो ।
तर दोस्रो हाफको इन्जुरी टाइममा सर्जियो अग्युरोले गोल गर्दा खेल ४–३ को अवस्थामा आयो। तर त्यतिबेलासम्म अर्जे्न्टिनालाई खेलमा फर्कन ढिला भइसकेको थियो ।
योसँगै विश्वका स्टार खेलाडी लिओनल मेसीको विश्वकप जित्ने सपना पूरा हुन सकेन। आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेले पोर्चुगललाई २–१ गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हो । उरुग्वेको जितमा दुवै गोल इडिन्स काभानीले गरेका थिए ।
अब क्वार्टरफाइनलमा उरुग्वेले फ्रान्सको सामाना गर्नेछ। खेलको सातौं मिनेटमै गोल गर्दै उरुग्वेले अग्रता लियो । इडिन्सन काभानीले लुइस सुआरेजले उपलब्ध गराएको क्रसमा डिबक्स भित्रबाट हेडमार्फत उत्कृष्ट गोल गरेका थिए ।
५५ मिनेटमा पोर्चुगलले बराबरी गोल फर्काउन सफल भयो। पोर्चुगलका लागि पेपेले बराबरी गोल गरेका थिए । उनले डिफेन्डर राफायल गियुरेइरोको क्रसमा हेडमार्फत गोल गरे ।
तर ६२ मिनेटमा उरुग्वेले दोस्रो पटक अग्रता लिन सफल भयो। यसपटक पनि काभानीले डिबक्स भित्रबाट लोभलाग्दो गोल गर्दा उरुग्वे २–१ ले अघि बढ्यो।
२०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वेबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै टिमले प्रिक्वार्टरफाइनलमा आ(आफ्ना खेल जित्दै अन्तिम ८ मा भेट पक्का गरेका हुन्। अब दुई टिमबीच आगामी शुक्रबार प्रतिस्पर्धा हुनेछ। विश्वकपमा आज स्पेन र रसिया तथा क्राएसिया र डेनमार्कबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित मिति : १७ असार २०७५ आइतबार ००:००  २ : ५८ बजे