२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

महिला फुटबलस् साफ यू(१८ र दक्षिण एशियाली फुटबल यू(१५ मा नेपाल समूह बी मा



काठमाण्डौ ।
साफ यू (१८ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग खेल्नेछ ।

शनिबार भएको ड्र मा नेपाल समुह बी मा परेको छ । सो समुहमा नेपालसँगै भुटान, बङ्गलादेश र पाकिस्तान रहेका छन् ।

त्यस्तै समुह ए मा आयोजक भारत, श्रीलङ्का र माल्दिभ्स परेका छन् । सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भारतमा हुने प्रतियोगितामा दक्षिण एसियाका १८ बर्ष मुनिका ७ देशका महिला टोली सहभागि रहनेछ ।

नेपालले समुह चरणको पहिलो खेलमा पाकिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

दक्षिण एशियाली महिला फुटबल, अन्डर(१५ च्याम्पियनसिपमा पनि समुह बी मै
यसैगरी दक्षिण एशियाली महिला फुटबल अन्तर्गत अन्डर १५ च्याम्पियनसिपमा नेपाल समुह बीमा परेको छ । जसमा नेपालले पहिलो खेल पाकिस्तानसंग खेल्ने भएको छ । शनिबार सार्वजनीक गरिएको ड्र अनुसार नेपालले अगष्ट ११ मा पाकिस्तानसंग पहिलो खेल खेल्नेछ ।

समुहको अन्तिम खेलमा अगष्ट १३ मा बंगलादेशसंग खेल्नेछ । साफ अन्डर १५ प्रतियोगिता भुटानको थिम्पुमा अगष्ट ९ मा सुरु हुँदैछ ।

नेपाल रहेको समुहमा बंगलादेश र पाकिस्तान छन् । १० दिन सम्म चल्ने प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रकाशित मिति : २४ असार २०७५ आइतबार ००:००  ११ : ०० बजे