२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

विश्वकप : आज तेस्रो स्थानका लागि बेल्जियम र इंग्ल्याण्ड भिड्दै



एजेन्सी, मस्को ।
विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल २०१८ अहिले रसियामा समापनको संघारमा छ । पूरै विश्वको ध्यान रसियामा केन्द्रित छ अहिले । विश्वभरका सञ्चारमाध्यममा विश्व कपकै समाचारले प्राथमिकता पाइरहेका छन् । सामाजिक सञ्जाल विश्वकपले छपक्कै छोपिएका छन् । यसले पनि विश्पकप फुटबलप्रतिको क्रेजलाई देखाउँछ । तर, यस्ता केही ‘अभागी’ पनि छन, जसले विश्वकप फुटबल खेल भैरहेको रंगशालामै रहेर पनि खेल हेर्न पाउँदैनन् । उनीहरुलाई ‘स्टुअर्ट’ भनिन्छ । स्टेडियममा हुने, हुनसक्ने झगडा र हुलहुज्जतलाई नियाल्न ‘स्टुअर्ट’ स्टेडियममा तैनाथ हुन्छन् । उनीहरु दर्शकतिर फर्किएर उभिनुपर्छ । गोल हानेको महत्वपूर्ण क्षण होस् या अन्य महत्वपूर्ण अवसर, कुनै पनि बेला उनीहरु स्टेडियमतिर फर्किन पाउँदैनन् ।

यस्तै, विश्वकप फुटबल हेर्न नपाउने अभागी हुन, स्वयंसेवक पनि । विश्वकप फुटबलको स्वयंसेवकका रुपमा खटिएकाहरुले पनि खेल हेर्न पाउँदैनन् । जारी विश्वकपमा १७ हजार ४० जना स्वयंसेवक खटिएका छन् । ११२ देशका करिब २ लाख आवेदक मध्येबाट फिफाले उक्त स्वयंंसेवक छानेको थियो । यसमध्ये ६० प्रतिशतभन्दा धेरै महिला रहेका छन् । यी स्वयंसेवक विमानस्थल, होटलदेखि स्टेडियमसम्म खटिएका हुन्छन् ।
आज शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जियम र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि राति पौने ८ बजे प्रतिस्पर्धा हुनेछ । २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ ।
क्रोएसियाले गत बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २(१ गोलले पराजित गर्दै फाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो । विश्वकपको फाइनलमा पहिलो पटक पुगेर इतिहास बनाएको क्रोएसियालाई नयाँ च्याम्पियन बन्ने सुनौलो अवसर आएको छ ।
फ्रान्सले भने बेल्जियममाथि १–० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो । फ्रान्सले १९९८ मा उपाधि जित्दा २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो । आइतबार उपाधिका लागि राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच भिडन्त हुनेछ ।

प्रकाशित मिति : ३० असार २०७५ शनिबार ००:००  १ : ५५ बजे