१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

डन शैलीमा माननीय अभिषेक प्रताप शाह, प्रदेशसभामै उठ्यो कारबाहीको माग !



मायादेवी अनलाइन, कृष्णनगर ।

कपिलवस्तुका क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह डन शैलीमा धन कमाउन लागेपछि प्रदेश सभा ५ मा उनीमाथि कारवाहीको माग भएकोछ । कपिलवस्तु क्षेत्र नं १ को प्रदेश सभा १ का सांसद विष्णु पन्थीले बोल्दै शाहले मागे बमोजिमको चन्दा नदिए बापत नेपाल इण्डो इन्ड्रष्ट्रीज (प्लाइ उद्योग) का संचालक रोमन सिलाकारलाई फसाउने र दुख दिने नियतका कार्य गरेको दावि गर्नुभयो ।

ब्यावसायीका अनुसार अनुदानमा आएको युरिया आफ्नै मान्छे मार्फत फयाक्ट्रीमा पठाएर प्रहरीलाई आफैले पक्रन शाहले लगाएका थिए । रातको समयमा छापामार शैलीमा शाह प्रहरी सहित फयाक्ट्रीमा पुगेका थिए । कुनैपनि सभाषद फयाक्ट्रीमा छापा हान्न जान कानुनत मिल्दैन तर यहि शैली अपनाउदा माननिय डन जस्तै भएका हुन् ।
शाहले त्यसो गर्नुको कारण मोटो रकम चन नदिनु हो भन्ने ब्यावसायीको भनाइछ ।

स्थानीय ब्याबसायीको भनाई र शाहको विगतलाई तुलना गर्दै सांसद पन्थीले ५ नं प्रदेश सरकारको गंभिर ध्यान आकर्षण गर्नु भएको छ । पन्थीले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै प्रदेशमा हरेक ब्याबसायीलाई जो कसैले पनि गलत तरिकाले दुख दिन्छ भने त्यो सैह्य हुने छैन । उहाले गलत तरिकाले ब्याबसायीलाई दुख दिने जो कोही लाई पनि सरकारले ठेगान लगाउने स्पष्ट पार्नु भएकोछ । तर अभिशेष शाहको ब्यवासायीलाई तर्साएर चन्दा उठाउने अभियानमा प्रहरी वाधक बनेपछि शाहले विभिन्न प्रोपोगण्डा फैलाउदै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउन यसै हप्ता आउनु भएको थियो ।

विगतमा भैसी तस्करी गरेर ल्याउदै गरेका ब्यापारीले क्वारेण्टाइन चेकपोष्टमा चेक नगराए पछि भन्सारले भैसी पक्राउ गरेकोमा भन्सार कार्यलयका कोठाहरुमा भैसी आतंक श्रृजना गर्ने, मधेस आन्दोलनका वेला सरकारी कर्मचारीमाथि हातपातको नृेतृृत्वगर्ने, ऐन मौकामा दल बदलेर चुनाव जित्ने शाहको यतिवेलाको धनकालागि डनशैलीको आतंक भने कम्युनिष्ट सरकारका सामु गएको छ, हेरौ के हुन्छ स्थानीय एक सर्बसाधारणले भनेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७५ बिहिबार ००:००  ८ : ५७ बजे