८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

बुद्ध सर्किटमा पनि मनोरलको सम्भाव्यता अध्ययन



रुपन्देही ।
मुख्यमन्त्री शंकर पोखरेल संग चाइना रेलवे इन्टरनेशनल गु्रपको एक टोलीले शुक्रबार भेट गरी रामग्राम—लुम्बिनी—कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ ।
भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकोले काम गर्ने वातावरण तयार भएको बताउनुभयो । उहाँले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकोले संभाव्यता अध्ययन, डिपीआर र निर्माण बारे छलफल गरी अघि बढ्न सकिने बताउनुभयो ।
साथै उहाँले मोनोरेलको संभाव्यता अध्ययन, डिपिआर, निर्माण लगायतका विषयमा लुम्विनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव बसन्त अधिकारीसंग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गर्नुभयो । चिनियाँ टोलीले मोनोरेलको संभावनाबारे प्रस्तुती गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७५ शनिबार ००:००  १ : १८ बजे