८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

लेखा समिति सभापतिको लविङमा भरत शाह, सम्भव छ ?



काठमाडौ ।
लेखा समितिको सभापतीमा नेपाली कांग्रेसका लोकप्रिय नेता भरत शाह वन्ने लगभग निश्चित भएको कांग्रेसका एक नेताले वताएका छन् । गुटको प्रभाव बाट बाहिर रहेका कारण पनी शाहलाई सवैको समर्थन हुने उनले वताए । नेपाली कांग्रेसमा राम्रो प्रभाव रहेका शाह भर्खर मात्र सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नं ५ वाट १३ हजार मतअन्तरले विजयी भएका थिए ।
नेपाली कांग्रेसका उम्मेदवार मध्ये देशै भरी सवैभन्दा वढी मत अन्तरले विजयी हुने नेता शाह रुपन्देहीमा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । २०५६ वाट ३ पटक सम्म विजय भएका शाहलाई जनताले आफ्नो निर्वाचन क्षेत्रमा विकासका पयार्यवाचीका रुपमा लिने गरेका छन् । त्यसको उदाहरण उनले निर्वाचनमा निरन्तर मतअन्तर वढाउदै गएका छन् ।
लेखा समितिको निरन्तर सदस्य रहेका भरत शाह लेखाको विषयमा राम्रो ज्ञान भएका नेताका रुपमा चिनिने नेताहरुले वताउने गरेका छन् । भरत शाह अर्थ राज्य मन्त्री हुँदाको आर्थिक वर्ष २०५८÷०५९ मा तत्कालिन अर्थ मन्त्री रामशरण महतले राजिनामा दिएपछि वजेट वनाउने जिम्मा पनि उनले पाएका थिए ।
भरत शाह पार्टी राजनीतिमा गुटवन्दी नगर्ने नेताको रुपमा चिनिने गरेको कांग्रेसका ती नेताले वताए । अहिलेको संसदमा नेपाली कांग्रेसवाट प्रतिनिधित्व गर्ने सांसदहरुमा लेखाको वारेमा राम्रो ज्ञान भएको नेताको रुपमा चिनिने भएकाले शाहलाई लेखा समितिको सभापती वन्ने निश्चित भएको कांग्रेसका एक नेताले वताएका छन् । भरत शाहलाई सभापती नवनाएको खण्डमा कांग्रेसलाई क्षती पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५ आइतबार ००:००  ३ : ५८ बजे