५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

काँग्रेस नेता भरत शम्शेर राणाको निधन



काठमाडौं ।
नेपाली काँग्रेसका नेता भरत शम्शेर राणाको शनिबार निधन भएको छ । उहाँ भारतको कोलकोतामा बस्दै आउनुभएको थियो । कोलकतामै उहाँको निधन भएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं राजनीतिक परिवर्तनका वाहक राणाको निधनले मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।

देउवाले लोकतन्त्र र गणतन्त्र स्थापनाको आन्दोलनमा स्व राणाले र्पुयाउनुभएको योगदानको स्मरण गर्दै उहाँको निधनबाट पार्टीलाई क्षति पुगेको पनि उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७५ आइतबार ००:००  ४ : ०८ बजे