६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

सैनामैनाका सामुदायिक विद्यालयमा खुशी विद्यार्थी



सैनामैना ।
नेपालमै पहिलो पटक सञ्चालन भएको बिद्यार्थीका लागि बिद्यार्थीकै कार्यक्रम खुशी विद्यार्थी सैनामैनाका सबै सामुदायिक विद्यालयमा सञ्चालन गरीने भएको छ । सैनामैना नगरपालीकाका मेयर चित्र बहादुर कार्किले बिद्यार्थीमा नेतृत्व तथा व्यक्तित्व विकासमा सघाउने कार्यक्रम, खुशी विद्यार्थीमा सहभागि हुन सबैलाई अनुरोध गरेका छन् । विद्यार्थीका अन्तरनिहित प्रतिभाको प्रस्फुटन तथा विकास गराउने कार्यक्रम खुशी विद्यार्थीलाई सफल बनाउन नगरपालिकाका सामुदायिक विद्यालयले बिशेष चासो दिन समेत उनले आग्रह गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रयास स्वरुप विद्यालयमा भएका अत्तिरिक्त क्रियाकलापलाई रेडियो तथा टेलिभिजन मार्फत सार्वजनिक हुने भएकाले यसमा बिद्यालयका शिक्षकको मार्गदर्शन तथा बिद्यार्थीको बिशेष सक्रियता आवश्यक रहेको भन्दै सफलताको शुभकामना दिए ।

मिसन पव्लिक मिडियाको आयोजना तथा सैनामैना नगरपालीकाको सहयोगमा गरिएको खुशी विद्यार्थी कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख धनिश्वर पन्थीले पृथक अभ्यास स्वरुप खुशी विद्यार्थी अभियानको आरभं गरीकालले यसले शैक्षिक क्षेत्रमा राम्रो परिणाम ल्याउने विश्वास ब्यक्त गरे ।

नगरपालीका सामाजिक शाखा प्रमुख केशबराज अर्यालले नगरपालीकाले आर्थिक लगानी गरेपनी विद्यालय सग सम्बन्धीत सबै निकायले समयको लगानी गर्नसकेमा मात्रै कार्यक्रम प्रभाबकारी हुने हुदा शिक्षा क्षेत्रको सुधारको लागि सबैको चासो आवश्यक रहेको बताए । मासिक रुपमा बिद्यालयमा खुशी विद्यार्थीको प्रतिस्प्रर्धा गराएर उत्कृष्ट प्रस्तुती दिने बिद्यार्थी रेडियो कार्यक्रममा सहभागि हुने र रेडियो कार्यक्रमबाट टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने अवसर विद्यार्थीले प्राप्त गर्नेछन् । सामुदायिक विद्यालयका विद्यार्थीले सञ्चालन गर्ने कार्यक्रम खुशी बिद्यार्थी बुद्ध सामुदायिक टेलिभिजनमा महिनाको अन्तिम बिहिबार साझ ८ बजे र रेडियो मलमला ८८.६ मेगाहर्जमा महिनाको दोस्रो र चौथो शनिबार साझ ७ ः ३० बजे प्रशारण हुनेछ ।

कार्यक्रममा सहभागि बिभिन्न बिद्यालयका शिक्षकहरु होमनाथ कंडेल, संजिव थापा, रोमनाथ न्यौपाने, रुद्र सापकोटा, नारायण प्रसाद भुषाल, चन्द्रमान चौधरी, केशवराज घिमिरे, दुर्गा प्रसाद भुषाल, बावुराम बस्याल, इश्वरी प्रसाद अर्याल, बुद्धी प्रकाश पौडेल, दीपक भण्डारी, महेश अधिकारी, विमला खनाल, सृजना ज्ञवालीे खुशी विद्यार्थी कार्यक्रम सामुदायिक विद्यालयमा सञ्चालन हुने सूचनाले बिद्यालयका शिक्षक तथा विद्यार्थीहरु निकै उत्साहीत भएका छन् ।

विद्यालयले आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दै खुशी विद्यार्थीलाई साप्ताहीक कार्यक्रम बनाउन उनिहरुले अनुरोध समेत गरे । सबै विषय समेटिएको विद्यार्थी मञ्चको रुपमा खुशी विद्यार्थी आएको भन्दै यो आफैमा सिकाइको नया बिषय बनेको धारणा शिक्षक तथा विद्यार्थीले ब्यक्त गरे । सैनामैना नगरपालीकाका हाल १८ वटा सामुदायिक विद्यालय रहेका छन् ।

कार्यक्रमका निर्देशक गणेश पोख्रेलले खुशी विद्यार्थीको अभियानमा स्थानीय तहमा सैनामैना नगरपालीकाले गरेको सहयोगले थप हौसला दिएको बताए । शिक्षाक्षेत्रको सुधारका लागि सञ्चालन गरीएको खुशी विद्यार्थीको अभियानलाई अगाडी बढाउन सबैको साथ आवश्यक रहेको कार्यक्रम निर्देशक पोख्रेलले बताए ।

खुशी विद्यार्थी कार्यक्रम हालसम्म रुपन्देही र कपिल्वस्तु जिल्लाका १ सय बढि बिद्यालयमा भएको छ । बुद्ध सामुदायिक टेलिभिजन सगै बुटवल एफ, रेडियो मलमला, रेडियो लुम्बीनी र भैरहवा एफ एमबाट पनि खुशी विद्यार्थी कार्यक्रम प्रशारण भएको छ । सैनामैनाको खुशी विद्यार्थीको शुभारम्भ समारोह कार्यक्रमका प्राबिधिक संयोजक सुरज थापा मगरको स्वागत तथा नगरपालीकाका लागि कार्यक्रम संयोजक बिष्णुु खत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २ भाद्र २०७५ शनिबार ००:००  ५ : ५४ बजे