१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

विद्युत सर्ट भई उद्योगमा आगजनी, लाखौको क्षति, दमकल आधा घण्टा पछि घटनास्थल पुग्यो



मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको एक उद्योगमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको क्षति भएको छ । जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ३ भत्तौलीमा संचालित माछापुच्छ्रे एग्रो प्रा.लि.मा शनिबार दिउसो आगलागी हुँदा लाखौैको क्षति भएको हो । उद्योग संचालक सुशील शर्माका अनुसार उद्योग संचालन भईरहेका बेला विद्युत सर्ट भई एक्कासी आगजनी भएको हो ।

माछाको दाना उत्पादन गर्ने उक्त उद्योगको ओभन मेसिनमा आगलागी भएको शर्माले मायादेवी अनलाइनलाई बताए । उनले विद्युत सर्ट हुँदा १ करोड बराबरको क्षति भएको दावी गरे । आगलागी भए लगत्तै वाणगंगा नगरपालिकाको दमकललाई तत्काल खबर गरेपनि दमकल आधा घण्टा ढिलो घटनास्थल पुगेको संचालकले बताएका छन् । दमकल समयमा पूग्न नसक्दा लाखौको क्षति भएको भन्दै उद्योग संचालकले आक्रोश व्यक्त गरेका छन् । ४ किलोमिटरको दुरीमा इलाका प्रहरी कार्यालय पिपरामा रहेको दमकल समयमा नपुग्नु दुखःद कुरा भएको उद्योग संचालकको भनाई छ ।

आगोलाई नगरपालिकाकै दमकलले नै नियन्त्रणमा लिएको थियो । तर दमकल समयमा आगलागी भएको स्थानमा पुग्न खोजेपनि पूर्वाधार अभाव र कर्मचारी अभावले समस्या आएको नगरपालिकाले जनाएको छ । आगलागीको सुचना आए लगत्तै दमकल घटनास्थल जाने प्रयास गरेको नगरपालिकाको दाबी छ । पूर्वाधार अभाव हुँदा दमकल इलाका प्रहरी कार्यालय पिपरा राखिएको र त्यहाँ जादा केही ढिला भएको नगरपालिकाले स्विकार गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७५ शनिबार ००:००  १२ : ४० बजे