१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मलेसियामा मृत्यु भएका यादवको शव नेपाल ल्याउन आग्रह



बासुदेव बर्मा, कपिलवस्तु ।
कपिलबस्तु बाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका ७ धमौली बस्ने भोला यादवको २८ वर्षीय छोरा परदेशी यादवको मृत्यु भएको हो ।
मलेसियाको एक कम्पनीमा कामदारको रूपमा कार्यरत रहेका यादवले शुक्रबार बिहान खाना खाएर डिउटी जाने क्रम मृत्यु भएको मृतक यादवका मामा गोपाल यादवले बताएका छन् । करिब दश महिना अगाडि वैदेशिक रोजगारीको क्रममा यादव मलेसिया गएका थिए ।
यता मृतकको शव मलेसियाबाट चाडो नेपाल ल्याईदिन सम्बन्धित निकाय, नेपाली दूतावास र नेपाल सरकारलाई मृतकका परिवारले आग्रह गरेको छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७५ आइतबार ००:००  १२ : १६ बजे