१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मोतिपुर सरसफाईमा वडा अध्यक्ष समेत जुटे



बाबुराम रायमाझी, मोतीपुर ।
वाणगंगा नगरपालिका वडा नं. ७ मोतिपुरमा सरसफाई गरिएको छ । जनप्रिय टोल बिकास संस्था मोतिपुरको अगुवाईमा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरी लगायतका अगुवा जुटेका थिए ।
सरसफाई कार्यक्रममा सरिक हुँदै वडा अध्यक्ष गिरीले स्वास्थ्य नै धन भएकाले आफ्नो घर अगाडी अनिवार्य रुपमा सरसफाई राख्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष गिरीले २÷३ वटा फूलका विरुवा र फलफूल रोपेर आफ्नो ठाउँ सुन्दर बनाउन आग्रह गर्नुभयो ।
सरसफाई कार्यक्रम मोतिपुर गाँउको दक्षिण भेग, बगनाह टोल, बन्द्रहवा, नयाँ गाउँ, मोतीपुर हाट बजार हुँदै कोईली नदी कजवे सम्म चलेको थियो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य सावित्रा थारु, समाजसेवी ईन्द्रमणि पौडेल, दिपक भट्टराई, राम बहादुर पल्ली गरी सयौंको सहभागिता रहेको थियो ।
कार्यक्रम जनप्रिय टोल बिकास संस्था मोतिपुरका अध्यक्ष राम बहादुर वस्नेतको अध्यक्षता र संस्थाका सचिव मीना थापा क्षेत्रीको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ५ : ४९ बजे