१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

प्रेस युनियन कपिलवस्तुको अधिवेशन भाद्र ३० गते



कपिलवस्तु ।
नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको अधिवेशन यही भाद्र ३० गते गर्ने निर्णय भएको छ । तौलिहवामा बसेको कार्य समिति बैठकले युनियनको साधारण सभा तथा अधिवेशन भाद्र ३० गर्ने निर्णय भएको हो । साथै बैठकले अधिवेशनको लागि तयारी समिति पनि गठन गरेको छ ।

प्रगती प्रतिवेदनको लागि सचिव मणि प्रसाद गैह्रे, आर्थिक प्रतिवेदनको लागी कोषाध्यक्ष कृष्ण प्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै आर्थिक समितिको संयोजकमा उपाध्यक्ष किरणमान ब्रजाचार्य, खाना आवास व्यस्थापन संयोजक सदस्य आनन्द कुमार चौधरी र अतिथी सत्कार र पत्राचार संयोजक सह सचिव सविना पौडेललाई जिम्मेवारी दिइएको छ । साथै सदस्यता नविकरण र नयां सदस्या मिलानको लागी यही भाद्र १५ गते सम्मको लागी समय दिइएको सदस्य अशोक पौडेलले बताउनुभएको छ ।

केन्द्रिय समितिले भाद्र २० गते अधिवेशनको लागि पत्राचार गरेपछि समय सिमा भित्र साधारण सभा तथा अधिवेशन गर्नको लागी मिति तोकिएको सचिव मणि प्रसाद गैह्रेले जानकारी दिनुभयो । शाखा सभापति गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले गिरिजा प्रसाद कोइरला स्मृती पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ८ : ५८ बजे