१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युरिया मलको चरम अभाव



मायादेवी अनलाइन, कपिलबस्तु ।
सिँचाइ सुविधाको अभावमा आकाशे पानीको भरमा बल्लतल्ल धान रोपेका कपिलवस्तुका किसानलाइ हरेक वर्ष एकपछि अर्को समस्या नियती नै बनेको छ । धान रोपेको २२ दिनमा युरिया मल राख्नुपर्ने भएपनि विगत दुई सातादेखी मल अभावमा किसान समस्यामा परेका छन् । कपिलवस्तुमा १८ हजार मेट्कि टन युरिया आवश्यक पर्दछ ।

जवकी गत वर्ष ८ हजार ८ सय २७ मेट्कि टन मात्र आएको थियो । त्यसैगरी डिएपी १२ हजार मेट्ीक टन आवश्यक भएकोमा ५ हजार ८ सय ३० मेट्कि टन विक्रि गरेको छभने पोटास ४ हजार मेट्कि टन आवश्यकमा १ सय ६५ मेट्कि टन विक्रि भएको थियो । कपिलवस्तुको बहादुरगन्ज र तौलीहवामा रहेका कृषि सामग्री कम्पनीमा साउनको दोस्रो सातापछि केन्द्रले मल उपलव्ध नगराएपछि गोदाम नै बन्द गरेर बस्नुपर्ने बाध्यता रहेको कृषि सामग्री उपशाखा बहादुरगन्जका प्रमुख टोपाराम गौतम बताउनुहुन्छ ।

कृषि सामग्री संस्थानले भने सरकारले उपलव्ध गराउने मलको अनुपातमा माग बढि हुनुका साथै केन्द्रबाट मल आपुर्ति समयमा नहुँदा अभाव हुने गरेको दावी छ । कपिलवस्तुमा खेतीयोग्य ८३ हजार हेक्टर जमिनमध्ये ७२ हजार हेक्टरमा धान बाली रोपिन्छ ।

प्रकाशित मिति : ४ भाद्र २०७५ सोमबार ००:००  ९ : ११ बजे