१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

प्रदेश पाँचले दियो भोली बकर इदमा सार्वजनिक बिदा



बुटवल ।
प्रदेश नम्बर पाँचको सरकारले बुधबार (भोली) सर्वाजनिक विदा दिएको छ । आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ ।

यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७५ मंगलबार ००:००  ८ : ४५ बजे